
काठमाडौं । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका रिपब्लिकन सांसद माइकवाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारी गरेका छन्।
वाल्टजले अमेरिकी सुरक्षा नीति र चीनसँगको सम्बन्धमा कडा अडान लिएका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा चीनको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सम्भावितद्वन्द्वको लागि अमेरिका तयार रहनुपर्ने बताउँदै आएका छन्।
वाल्टज हालै मात्र फ्लोरिडाको पूर्व–मध्य क्षेत्रको अमेरिकी प्रतिनिधि सभाको सीट जितेर पुनःनिर्वाचित भएका छन्। उनले डेमोक्र्याट उम्मेदवार जेम्स स्टकटनलाई हराउँदै यो सफलता प्राप्त गरेका हुन्। वाल्टज अमेरिकी सेनाका पूर्व कर्णेल, युद्ध सज्जितग्रिन बेरेट, तथा पूर्व व्हाइट हाउस र पेन्टागन नीति सल्लाहकार पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटककंग्रेस सदस्यको रूपमा निर्वाचित भएका थिए।
वाल्टजले अफगानिस्तानमा विभिन्न युद्ध अभियानहरूमा सेवा गर्दै चार वटाब्रोंज स्टार अवार्ड प्राप्त गरेका छन्। अमेरिकी सेना छोडे पछि उनले पूर्व राष्ट्रपतिजर्ज डब्ल्यू बुशको कार्यकालमा रक्षाविभागमानीतिनिर्देशकका रूपमा काम गरेका थिए। उपराष्ट्रपति डिकचेनीको नेतृत्वमा वाल्टजले आतंकवाद विरोधी सल्लाहकारको रूपमा पनि भूमिका निर्वाह गरेका थिए।
ट्रम्प प्रशासनले अर्को प्रमुख पदमा पनि फ्लोरिडाबाटै अर्को नेता नियुक्त गर्ने सम्भावना रहेको छ। ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेश सचिव नियुक्त गर्ने तयारी गरिरहेको समाचार आएको छ। रुबियो, जसले सन् २०१६ मा राष्ट्रपतीय चुनावमा ट्रम्पलाई चुनौती दिएका थिए, पछिल्लो समय ट्रम्पका परराष्ट्र नीति सल्लाहकारका रूपमा पनि सक्रिय रहे।
रुबियोको नियुक्तिले अमेरिकाको विदेश नीतिमा ठूलो प्रभावपार्ने अपेक्षा गरिएको छ।









