काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट हुने भएको छ।
पछिल्लो सातादेखि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गरिरहेको थियो। प्रधानमन्त्री ओलीले गतमहिना संयुक्त राष्ट्रसंघको महासभा बैठकका दौरान चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। सो क्रममा वाङले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश र निमन्त्रणा अवगत गराएका थिए।चिनियाँ राष्ट्रपति सी जिङ पिङको निमन्त्रणामा आगामी मंसिर १७ गते प्रधानमन्त्री चीन जाने कार्यक्रम तय भएको हो । भ्रमण मंसिर २० गतेसम्म हुनेछ।





