
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउँदै आएको रास्वपाले आज शुक्रबार दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको बताइएको छ ।
पोखरामा विहिबारै पत्रकार सम्मेलन गरी रास्वपा नेताहरुले अब काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।


