
काठमाडौ । सत्तारूढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय भवन किर्तिपूरमा निर्माण गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरूमा बस्दै आएको बताए।
च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको बताए।
शुक्रबार १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी दिए।
त्यस्तै, आजको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माण, पुनर्स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेतारकार्यकर्ता र जनप्रतिनिधिहरूलाई आह्वान गरेको पनि ज्ञवालीले बताए ।
समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरू छुटपुट देखापरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको बताए।
उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन
बैठकको निर्णय सुनाउँदै ज्ञवालीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कात्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ।
उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन लाग्न र आवश्यक तयारी गर्न बैठकले निर्देशन दिएको पनि उनले बताए ।





