काठमाडौं । साहित्यिक पत्रकार संघ र एस एस फाउन्डेसनले आज २०८१ कात्तिक १२ गते सामुदायिक सेवा केन्द्र, घट्टेकुलोको सभाकक्षमा आयोजना गरेको तिहार(दीपावली) छट पर्व र नेपाल सम्बत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो ।
सो कार्यक्रममा अमेरिकाको नागरिकता तथा सुखमय जीवन परित्याग गरि स्वदेशको मायाले हालै नेपाल फर्किनु भएका समाजसेवी हेम पाठकलाई विशेष सम्मान गरिएको थियो ।
हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक पाठकलाई सो सम्मान वरिष्ठ इतिहासविद् डा.सुरेन्द्र केसी, पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, गीतकार एवं समाजसेवी शोभित उप्रेती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, राजनीतिज्ञ नवराज सिम्खडा, एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा चलचित्र विकास बोडमा नवनियुक्त चर्चित कलाकार दिनेश डी..सी.लाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, वरिष्ठ इतिहासविद् डा। सुरेन्द्र के। सी।, राजनीतिज्ञ नवराज सिम्खडा, एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले विशेष मन्तव्य राख्नु भएको थियो ।




