
काठमाडौं ।साहित्यकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ एक कार्यक्रमका बीच लोकार्पित भएको छ ।
बिहीबार प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी, प्रा.डा.ज्ञानू पाण्डे, नयनराज पाण्डे लगायतले कृति लोकार्पण गरे ।
प्रमुख अतिथि प्र.डासुवेदीले कृति लोकार्पण गर्दै सुमनको साहित्यिक योगदानको चर्चा गरे ।
साहित्यकार प्रा.डा.ज्ञानू पाण्डे,आख्यानकार नयनराज पाण्डे,विनोदचन्द्र वन्त, जगत् तिमिल्सिना, डा.सविना बस्नेत, पुष्पराज पौडेल र कथाकार सुमन वर्षाले पुस्तकको बारेमा आआफ्नो विचार राखे ।
‘अभ्यन्तर’लाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।





