
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ८० रुपैयाँ पुगेको छ भने सुकेको प्याज १०३ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । गोल भेडा ठूलो १४०,लोकल गोलभेडा सानो ५५ रुपैयाँ रहेको छ ।
रायोको साग प्रतिकेजी१३० रुपैयाँ, बरेला१००रुपैयाँ, कान्य च्याउ १३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।
आज हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० रुपैयाँरहेको छ भने, सुकेकोखुर्सानी४२० रुपैयाँ रहेको छ । फूजी स्याउ २६० रुपैयाँकायमभएको छ । केराको मूल्य १५० पुगेको छ । अनारको मूल्य ३८० रुपैयाँ तोकिएको छ ।









