काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागमा १० जनालाई मनोनीत गरेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम बिहीबार उनले भूपू सैनिक विभागमा १० जनालाई मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू प्रमुख रहेको विभागमा लमजुङका गर्जबहादुर गुरुङ, सुनसरीका हेमलाल लिम्बू, कास्कीका तुलबहादुर गुरुङ, रुपन्देहीका जोवानसिंह ठकुरी, कञ्चनपुरका भीम चन्द मनोनितमा थपिएका हुन् । यसैगरी सुर्खेतकी भावना घर्तीमगर, महोत्तरीका गुणबहादुर कार्की, नवलपुरकी लीला मास्के राना, झापाका गोपाल तामाङ र काठमाडौंकी सुनीता लामिछानेलाई पनि विभागमा मनोनीत गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




