काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्न पर्नेमा जोड दिएका छन् । साथै उनलृ भ्रष्टाचारमुक्त अभियानमा लाग्न पनि देशवासीलाई आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै प्रचण्डले भनेका छन्, ‘जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्न चाहन्छु ।’
संविधान दिवसको उपलक्ष्यमा विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षले उक्त कुरा बताएका हुन् ।



