
काडमाढौं।आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा भएको त्रिकोणात्मक सिरिजको नेपालको अन्तिम खेल रद्द भएको छ।
वर्षाको कारण उक्त खेल रद्द भएको हो ।
रद्द भएसँगै नेपाल र ओमानले एक एक अंक पाएका छन्।
यससँगै क्यानडामा खेलिएको सिरिजमा नेपाल जितबिहीन बनेको छ।
यसअघि नेपालले खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको थियो। घरेलु टोलीसँग दुई र ओमानसँग एक खेलमा नेपालले हार ब्यहोरेको थियो।
विश्वकप लिग-२ मा नेपालले कुल ८ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ।
एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने जनाइएको छ ।


