
काठमाडौं । इजरायलको आक्रमणमा परि लेबनानमा ४९२ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान रहेको छ ।
इजरायलको हमास विरोधी आक्रमण्मा हिजबुल्लाहले हमासको साथ दिने बताएसँगै यो आक्रमण भएको जनाइएको छ ।





