
काठमाडौ । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन हुँदै गैरहेको सन्दर्भमा एरिका गुरुङ २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गरेकी छिन् ।
यो नेपालको ऐतिहासिक महत्वको विषय हो ।
चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले बताएका छन् ।
फाइनलको यात्रा तय गरेकी एरिकाको रजत पदक पक्का भएको हो ।








