
काठमाडौँ। हामी र हाम्रो कृति समाजले स्रष्टा भेटघाट तथा रचना वाचन सम्पन्न गरेको छ ।
कार्यक्रममा कविता, मुक्तक, चारु, लघुकथा, गजल आदि रचना २१ जना स्रष्टाले रचना वाचन गर्नु भएको थियो । ।
उपाध्यक्ष नम्रता उप्रेतीले सभामा आसिन व्यक्तिहरुलाई खादा र माला प्रदान गरेको कार्यक्रममा सदस्य शुभद्रा अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन ।
संस्थाका आजीवन सदस्य तथा कार्य समिति सदस्य गङ्गा आचार्य सेढाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा रहेका थिए ।राजनीतिक विश्लेषक प्रा.डा.गोविन्दमान सिह कार्की ,वरिष्ठ गीतकार द्वारिका ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम सञ्चालन नबराज पोखरेलले गरेका थिए ।







