
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ ।
उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिक रूपमा बोलाइएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सेयर सदस्यसमेत रहेका रास्वपा अध्यक्ष रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि पार्टीको आकस्मिक बैठक बोलाइएको हो ।
रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको देखिएको छ ।









