
काठमाडौं । ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्ड बनाएर घर भत्काउन नहुने बताएका छन् । नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने पनि उनले जनाएका छन् । उनले नेतालाई ‘किन यस्तो कानुन बनाइयो’ भनेर प्रश्न गर्न पनि भनेका छन् । “तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला”, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ?,” उनले प्रश्न गरेका छन्, “अदालतमा न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्मा को छ ?”भनि प्रती प्रश्न गर्नु भयो ।
‘तपाईँको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले, ५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छँदैछौं, केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोहीअनुसार फेरि सूचना जारी गरी हाल्नेछौ त्यतिञ्जेल कोही नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो’, उनले भनेका छन्।



