
‘वैकल्पिक अर्थतन्त्र’ विमोचन
काठमाडौँ । अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन भएको छ ।
शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो ।
विमोचन पछि भएको विमर्श कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्रा.डा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी भएका थिए

