
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले पदाधिकारी र कार्यकारिणी समितिलाई पूर्णता दिएको छ ।
महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिले पूर्णता पाएको हो ।
अध्यक्ष उपेन्द्र यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनित गरेका छन् ।
यसैगरी पार्टी महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन् ।सचिवहरूमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्धीन राई र कोषाध्यक्षमासुरिताकुमारी साह मनोनित भएकी छन् ।
कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेको जसपाले जनाएको छ ।


