
काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनमा क्याटालन क्लब बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई तीन खेलसम्म कायम राखेको छ ।
बार्सिलोनाले ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा रायो भालेकानोविरुद्ध २–१ को जित निकालेको हो ।
रायो भालेकानोको मैदान स्टाडियो डे भालेकाजमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन पेड्री र ड्यानी ओल्मोले गोल गरे ।
यो सँगै बासिएलोनाले लगातार तेस्रो जित हासिल गरेको हो ।
जितसँगै तीन खेलबाट नौ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा कायमै छ ।






