
काठमाडौं। साफ यु-२० च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई २-१ ले हराएको छ ।
भुटानका लागि जितसुन दोर्जी र नेवाङ छोपेलले गोल गरेका हुन् ।
माल्दिभ्सका लागि इसाफू फिराकले गोल फर्काएका थिए ।
खेलको ५४औं मिनेटमा इसाफू फिराकले डि बक्स बाहिरबाट फ्रि किकलाई गोलमा परिणत गर्दै माल्दिभ्सलाई बराबरीमा ल्याएका थिए । निर्धारित समयको अन्तिम मिनेटमा नगावाङ छोपालले गोल गर्दै भुटानलाई जित दिलाएका हुन् ।





