
काठमाडौ । राष्ट्रिय युवा कोषले वि.सं.२०८१ सालको युवावर्ष मोती पुरस्कार केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
धादिगका युवा साहित्यकार तथा रंगकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिने कोषद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त पुरस्कार ४० हजार रुपैयाँको रहेको छ ।

प्राध्यापक रामकुमार पाँडेको संयोजकत्वमा गठित मुल्याँकन समितिको आधारमा उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।





