
काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।
तर हालसम्म पनि काग्रेस लगायतका दलहरुसंग मन्त्रालय बाँडफाँडको विषयमा कुनै टुँगो लागेको छैन् ।



