
झापा / ख्यातिप्राप्त लोकगायक एलपी जोशी को ८८ वर्षको उमेरमा निधन भएको छ ।
विर्तामोढस्थित अस्पताल लैजाँदै गर्दा जोशीको बिहीबार साँझ झापामा निधन भएको परिवार स्रोतले जनाएको छ ।
वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर,रिटिंग रिटिंग बजायो विनायो जस्ता थुप्रै कालजयी लोकगीतका गायक जोशी हार्मोनियम र तबला बजाउन पनि निपूर्ण थिए ।
वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । बाल्यकालदेखि नै गीतसंगीत र फूटबल खेलका शौखिन उनी जीवनपर्यन्त लोकगायनमा रहेका थिए ।बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात बिरामी परेर निधन भएको जनाइएको छ ।
दिवंगत जोशीप्रति इ खवरनेट परिवार हार्दिक श्रद्धान्जली प्रकट गर्दछ ।





