
काठमाडौ । इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ।
मध्यराती सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो।
सातौं मिनेटमा सिमोन्सले गोल गरेर डच टोलीलाई अग्रता दिलाएका थिए । तर १८ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गोल फर्काउन सफल भयो। प्राप्त पेनाल्टीमा ह्यारी केनले गोल गरेका थिए।
९० मिनेटमा सब्सिच्युट खेलाडी ओली वाट्किन्टले गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्न सफल भयो। अब उपाधिक लागि इंग्ल्यान्डले स्पेनसँग आगामी आइतबार बर्लिनमा प्रतिस्पर्धा गर्नेछ।
नेदरल्यान्ड्सले पहिलो हाफपछि खेल नियन्त्रणमा लिन सफल भएको थियो। तर इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले महत्वपूर्ण सेभहरु गरेका थिए।


