
काठमाडौ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा तीन दलबीच सैद्धान्तिक सहमति भएको छ ।
गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा आज बसेको बैठकपछि कार्यदलका सदस्यहरूले आफूहरूबीच सैदान्तिक सहमति भएको बताइएको छ । आउँदो सोमवार सरोकार राख्ने निकायहरूसँग छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिइने समेत कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्रका ) उपमहासचिव जनार्दन शर्माले सैद्धान्तिक सहमति भएको र व्यावहारिक रूपमा शब्दहरू के लेख्ने भन्नेमा सरोकारवालाको राय लिने बताए ।




