ताप्लेजुङ । फकलाङलुङ गाउँपालिका २ खेजिनिममा पहिरोले पुरिएर एकै घरका चारजनाको मृत्यू भएको छ ।
गएराति पहिरोमा पुरिएर फकलाङलुङ गाउँपालिकाका ६९ बर्षीय रामबहादुर लिम्बु र उनको परिबारका अन्य तीनजनाको मृत्यू भएको हो । अन्य दुईजना भने घाइते भएका छन् ।