काठमाडौ । रिलायन्स स्पिनिँग मिल्सले सर्वसाधारणको निम्ति प्राथमिक शेयर निष्कासन गर्न अनुमति पाएको छ ।
बुक बिल्डिँग विधिबाट निष्कासन अनुमति पाएको उसले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रति इकाइ रु.८२०.८० को दरले निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो । कम्पनीले सर्वसाधारणको लागि ९४ करोड८८ लाख रुपैयाँभन्दा बढीको आइपीओ जारी गर्ने बताइएको छ ।







