काभ्रे । पनौती नपाको १५औं नगर अधिवेशन शूूरु भएको छ ।
आगामी आ.व.२०८१।०८२ को नीति तथा कार्यक्रम एवं वजेट प्रस्तुत भएको छ।
नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १ अर्ब ६० करोडको बजेट विनियोजन भएको जानकारी दिएका छन् ।यसमा कृषि ,पर्यटन र स्वास्थ्यमा प्राथमिकता दिइएको छ ।
गत चौधौं नगरसभा विना सूचना स्थगित भएको कुरालाई सभासदहरुले प्रश्न गर्दा नगरप्रमुखले चित्त बुझ्दो जवाफ दिन सकेका थिएनन् ।
पनौती नगरले खानी प्रभावित क्षेृत्रमा स्वास्थ्य बिमा,धुलोरहित शहर बनाउन बुमर खरिद गर्ने जस्ता महत्वाकाँक्षी कार्यक्रमहरु पनि राखिएका छन् ।नगरप्रमुखले चालु आर्थिक वर्षमा उल्लेख्य उपलब्धी हासिल गरेको बताइरहँदा त्यस्तो नभएको जनप्रतिनिधीहरुको तर्क थियो ।