
काठमाडौंं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पहिचान नखुलेका शव व्यवस्थापनबारे भ्रममा नपर्न आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले लेदोसहितको बाढीले शवलाई फरक–फरक ठाउँमा पुर्याएकाले पहिचान हुन नसकेको र वैज्ञानिक आधारले व्यवस्थापन गरिएको बताए ।
“बाढीले उहाँहरूको शवलाई फरक–फरक ठाउँमा पुर्यायो । हामीले कानुनी र वैज्ञानिक आधार टेकेर तत्काल पहिचान हुन नसकेका शव डीएनए लगायतका आधार सुरक्षित राखी जमिनमुनि व्यवस्थित राखी व्यवस्थापन गरेका हौँ,” उनले भने ।
डीएनए मिल्नासाथ परिवारलाई जिम्मा लगाउने र पछि आफ्नो धर्म संस्कृतिअनुसार अन्तिम संस्कार गर्न सकिने बताए ।
“डीएनए मिल्नासाथ त्यो शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ । त्यसपछि आ–आफ्नो धर्म संस्कृतिअनुसार अन्तिम संस्कार गर्नुहुनेछ,” प्रधानमन्त्रीले भने ।



