
काठमाडौं । नेपाल ‘ए’ले पहिलो अभ्यास खेलमा तास्मानियासँग दुई विकेटको हार व्यहोरेको छ ।
बुधबार नेपालले प्रस्तुत गरेको १९३ रनको लक्ष्य तास्मानियाले चार बल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा गर्यो ।
तास्मानियाका थोमस ड्वायरले सर्वाधिक ६० रनको योगदान गरे । उनले ७८ बलमा ६ चौका प्रहार गरे । यसैगरी, राफेल म्याकमिलनले ३२, जस्टिन ग्यालियोटीले २४, कप्तान म्याथ्यु कुह्नेम्यानले अविजित २३, विल प्रेस्टविजले २३ र टिम वार्डले १२ रन बनाए ।
नेपालका साहब आलाम र दीपकप्रसाद डुम्रेले दुई–दुई तथा रिजन ढकाल, आकाश चन्द र पवन सराफले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १४२ रनको योगफल तयार परेको थियो ।
नेपालका तृतराज दासले ३७, मयन यादवले ३२, कुशल मल्ले २९, पवन सराफले अविजित २२, दीपकप्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२ तथा लोकेश बम र कप्तान अनिलकुमार साहले ११–११ रन बनाए ।
पहिलो विकेटका लागि तृत र मयनबीच ५५ रनको साझेदारी भएको थियो ।
तास्मानियाका बिली स्ट्यानलेकले चार, विल प्रेस्टविज र राफेल म्याकमिलनले दुई–दुई तथा लाचलान क्लार्कले एक विकेट लिए ।
अब नेपालले शुक्रबार साउथ अस्ट्रेलियाको सामना गर्नेछ ।



