
काठमाडौं । बहराइनले एसीसी प्रियमियर कपमा नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको यूकेएम यूएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटियो ।
बहराइनका फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले चार मेडनसहित १४ रन खर्चिए ।
यसैगरी, ललितनारायण राजवंशीले तीन र करण केसीले दुई विकेट लिए ।

