
काठमाडौँ । १६५ औँ घुम्ती कविगोष्ठी,तेस्रो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम साहित्य सदन नेपाल रामहिँटी, काठमाडौँमा सम्पन्न भयो ।
आइतबार घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.डा.जगत् प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा वरिष्ठ कविहरु गोविन्द घिमिरे वेदमणिलाई घुम्ती नालांग सम्मान , ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र–टंक कुमारी छन्द साधना सम्मान तथा चन्द्रा न्यौपानेलाई घुम्ती रमा बद्री सम्मान तथा पुरस्कारबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जगत् प्रसाद उपाध्याय, उपन्यास समाजका अध्यक्ष शंकर भारती, दायित्व वाङगमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त, सम्मानित व्यक्तित्वहरु गोविन्द घिमिरे वेदमणि, ठाकुर शर्मा भण्डारी, चन्द्रा न्यौपानेले कविता सहित आआफ्नो धारणा राख्नु भएको थियो ।
कविहरु देवी प्रसाद चापागाईँ, कविता दाहाल, महेश्वर खनाल, विश्वनाथ तामांग, ध्रुवराज थापा पुरुष , चेवन बस्नेत ठूलाघरे, कृष्ण प्रसाद पौडेल जस्ताघरे, रुवी सत्याल, प्रमोद नेपाल,वाशुदेव पौडेल,आल्फि फोहेन फाप्लुप्पालगायतले कविता वाचन गर्नुभएको थियो ।
प्रतिभा चयन समितिका संयोजक दुर्गा अधिकारी भमरकोटेले सम्मानित प्रतिभाहरुका साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो । प्रतिभा चयन समितिमा घुम्ती कविगोष्ठीका कोषाध्यक्ष रामचन्द्र दाहाल तथा साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहनुभएको थियो ।
घुम्ती कविगोष्ठीका सचिव घनश्याम प्रसाईले कार्यक्रमको सञ्चालन, घुम्ती कविगोष्ठीका सदस्य सविता पोखरेलले स्वागत तथा घुम्ती कविगोष्ठीका उपाध्यक्ष त्रिलोचन आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कार संस्थापक विमल अर्याल, कवि महेन्द्र चालिसे, पूर्व राजदूत तथा कवि रमेश प्रसाद खनाल, कल्पतरु द्वेमासिकका सम्पादक नवराज पुडासैनी ज्योत्स्ना, मनोहरा साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लिराज अर्याल, साहित्य सदन नेपालका कोषाध्यक्ष वसन्त रिजाल,नेपाली लेखक संघका कोषाध्यक्ष बिसुकुमार केसी,पत्रकार तथा कवि जयराम विडारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कवि ढुण्डीराज पोखरेलको कविता संग्रह भावनाका पाइलाहरुको प्रमुख अतिथि तथा अतिथिहरुबाट विमोचन गरिएको थियो भने विमोचित कृतिबाट पोखरेलले घुम्ती कवि गोष्ठी सम्बन्धि कविता वाचन गर्नुभएको थियो ।
तेस्रो साधारण सभा अन्तर्गत अध्यक्ष माधवलाल श्रेष्ठले वार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



