
काठमाडौँ । भारत सरकारले नेपाललाई विपद् प्रतिकार्यका लागि १० टन सहायता सामाग्री पठाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले भोटोकोशी बाढी पीडितका लागि सहायता सामाग्री तत्काल नेपाल पठाइएको एक्समार्फत जानकारी दिएका छन् ।
विपद्को व्यवस्थापनका लागि नेपालको साथमा रहेको उनले उल्लेख गरेका छन् । भारतको यस सद्धभाव र सहयोगप्रति परराष्ट्रमन्त्री शिशिर खनालले धन्यवाद व्यक्त गरेका छन् ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।
