
काठमाडौँ। रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो ।
‘घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने निर्णय भएको छ,’ प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले भने ।
