
काठमाडौँ ।नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् ।
नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ ठगी र अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु र ईन्द्रबहादुर केसी छन् ।
भक्तपुरमा रेडक्रसको गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा बिचौलिया प्रयोग गरी भ्रष्टाचार गरेको र जग्गाको क्षेत्रफलमा समेत ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

