
काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यति बेला पनि काठमाडौंसहित केही स्थानमा पानी परिरहेको छ । शनिबार दिउँसो ३ः२० बजे मापन गरिएको पछिल्लो तीन घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको बोल्डेमा ६०.४ मिलिमिटर भएको महाशाखाले जनाएको छ ।
“हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ ।
वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ ।


