बुटवल। बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ९वहुमत०ले समेत मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउंदै मन्त्री कुर्मीलाई कारवाही गर्न माग गरेको थियो भने निजको वर्खास्तीको माग गर्दै माइतिघरमा धर्ना तथा विरोध जनसमुदायले गरेका थिए ।
आज मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिएका स्रोतको भनाई छ । त्यसपछि कुर्मीले मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाएको स्रोतले जनाएको छ ।