काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ ।
होटल हिमालयमा चलेको दुईदिने महोत्सव नेपालः द गेटवे टू एसियन आर्ट, कल्चर एन्ड लिटरेचर भन्ने मूल नाराका साथ सम्पन्न भएको हो । नेपाल लगायत दक्षिण एशियाली राष्ट्रहरुबाट तीन सय भन्दा बढी साहित्यकारले सम्मेलनमा सहभागिता जनाएको आयोजकहरुले बताएका छन् ।
कार्यक्रममा महाकवि डा.भुवन ढुंगानालाई यशस्वी साहित्य सम्मान र लक्ष्मी मुर्डेश्वर पूरी, सञ्जीव सान्याल र अच्यूत सामन्तलाई यशस्वी सम्मानबाट सम्मान गरिएको छ । यसैगरी, यशस्वी पुस्तक पुरस्कार २०८१ बाट पाँच विधामा ६ वटा पुस्तकलाई पुरस्कृत गरिएको छ । देवव्रतको कविता संग्रह ‘अष्टमाको निधारबाट वाग्मती बग्छ’ मुना चौधरीको उपन्यास ‘लारु’ र मोमिला जोशीको कृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन् ‘लाई पुरस्कृत गरिएको थियो ।