
काठमाडौँ। गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमति विपरीत भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि सुरु भएको कांग्रेस भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ।
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । चुनदेवीमा नयाँ सम्पर्क कार्यालय उद्घाटनपछि सोमबार मङ्गलवार र बुधवार गरी तीन दिन बसेको देउवा समूहको बैठकले पार्टीलाई आपसी सहमतिबाट अगाडि बढाउन लचिलो हुने निर्णय गरेको हो ।
सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष उनीहरुको छ ।
सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुङ्गिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्ने उनीहरुको धारणा छ ।
बैठक पछि नेता मीन विश्वकर्माले यस्तो कुरा बताएका हुन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले सहमतिका लागि पहल गर्नुपर्ने बताएका थिए ।


