
काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ ।
यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
थापा नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा पार्टी पुनर्गठन गर्ने एमालेको तयारी छ ।
