
गजल
बिटु के.सी.
जीवन छ, केही न केही मियो छ
अँध्यारो चिर्न बत्ति छ , दियो छ
सोच समझको जीवनबाट धेरै टाढा
सम्झनामा अझै त्यो डन्डीवियो छ
आफ्नै उन्नतिको चिन्तन गरे हुन्थ्यो
घरीघरी अर्कैको किन चर्चो चियो छ ?
वर्षौंपछि भेट्न घर आएको छ साथी
एक हातमा फूल ,अर्कोमा सियो छ
कसैले गहिरो छ भने त कसैले सेतो
मैले देखेको धर्ती सदाबहार हरियो छ


