
काठमाडौं । अष्ट्रेलिया समूह उपविजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो ।
समूह ‘डी’ बाट अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सहआयोजक अमेरिका ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ । तेस्रो स्थानमा रहेकामध्ये चौथो स्थानमा रहेको पाराग्वे नकआउटमा पुग्ने नपुग्ने निर्णय अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ । तेस्रोमध्ये उत्कृष्ट ८ मा पर्न सकेन पाराग्वे नकआउटमा पुग्नेछ ।
