
काठमाडौँ। समूह चरणको अन्तिम खेलमा ट्यूनिसिया नेदरल्याण्ड्ससँग पराजित भएको छ ।
काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता बनेको छ ।
नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २-० को स्थितिमा पुग्यो ।
ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नतिजा ३-१ मा पुगेको हो ।
समूह ‘इ’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७-१ र आइभरीकोस्टलाई २-१ ले पराजित गरेको थियो । ६ अंक पाएको जर्मनी गोल अन्तरका कारण तालिकाको शीर्षस्थानमा छ ।
जर्मनीका लेरी सेनले खेलको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि इक्वेडरका निल्सन आर्ग्युलोले खेलको नौ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए ।
यस्तै दोस्रो हाफको ७७ औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै अग्रता बढाए । अन्तिम समयसम्म इक्वेडरले उक्त गोलको रक्षा गर्दा जर्मनी २-१ ले पराजित हुन पुगेको हो । इक्वेडरले तालिकामा चार अंक जोड्दै नकआउट सुरक्षित गर्यो । तालिकामा इक्वेडर तेस्रो स्थानमा छ ।
यता क्युरासाओलाई हराउँदै आइभरीकोस्ट पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । आइभरीकोस्टको जितमा दुवै गोल निकोलस पेपेले गरे ।
क्युरासाओसँग आइभरीकोस्ट २-० ले विजयी भएको हो । यसअघि आइभरीकोस्टले इक्वेडरलाई पराजित गरेको थियो । आइभरीकोस्टले पनि ६ अंक जोडेको छ ।
