
काठमाडौँ । नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज विहिबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३८ कम्पनिका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर १२.८४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुझुङ हाइड्रोको शेयर ११.०३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको १२ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड बराबरको कारोबार भएको छ ।

