
काठमाडौँ। विश्वकपको खेलमा इराकविरूद्ध नर्वेले फराकिलो जित दर्ता गरेको छ ।
समूह आइ को खेलमा नर्वे ४-१ ले विजयी भएको हो ।
नर्वेका लागि अर्लिङ हलाण्डले सर्वाधिक दुई गोल गरे । उनले विश्वकपको डेब्यू खेलमा दुई गोल गरेका हुन् । उनले २९ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए।
खेलको पहिलो हाफको ३९ औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २-१ को स्थितिमा थियो।
दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो ।
इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थितिमा पुगेको हो ।

