
काठमाडौँ ।ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुंगिएको छ ।
समूह सीमा रहेका यी दुुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो ।
ब्राजिल र मोरक्कोबीचको खेल पहिलो हाफको २० मिनेटमा मोरक्कोका इसामेल सैबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यसको ११ मिनेटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।
सन् १९९८ पछि ब्राजिल र मोरक्कोबीच विश्वकपमा आइतबार दोस्रोपटक खेल भएको हो ।