
कविता
मन छ भने
सुशान्त थापा
मन छ भने
शब्दहरु पनि भेटिन्छन् पोख्न त्यो प्रेम ।
शब्दहरु मात्रै भएर
मन खोज्दा मन भेटिँदैन ।
प्रेम छ भने प्रेमीहरु भेटिन्छन् ।
प्रेमीहरु मात्रै छन् भने
प्रेम केवल आकर्षण मात्रै हुन सक्छ ।
आकर्षण लाई पनि त सधै रहिरहन
प्रेम नै चाहिन्छ ।
न छोडनु लेख्न, मन लाग्न सक्छ,
नभुल्नु भेट्न माया बस्न सक्छ
केवल दुनियाको डर लागे,
जिउन सिक्नु आफ्नै रहरको सहरमा ।
आजको तिम्रो मुस्कान
भोली कसैले किन्छु भन्यो भने
त्यो जीवन को खुसि अरुकसैसँग बाडछु
भन्यो भने,
मुटु जोखेर आउनु भनिदिनु,
प्रेमको नगरमा घुमेर आउन भनिदिनु ।
विराटनगर -१३,
