काठमाडौँ ।वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानीमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनायो ।
सोही अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण गरे ।
उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित छ । ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’नइ एकेडेमीको १९३ ओैँ कृति हो ।
‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृति माथि डा.त्रिपाठी र प्रा.केशव सुवेदीले बृहत् समीक्षा गरे ।
सो अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा.नुरापति पोखरेललाई सम्मान गरे ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य प्रकटगरेको नईका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।