काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट केही दक्षिणतिर रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ । । विभागकाअनुसार बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर बग्ने स–साना नदीहरूमा जलसतह केही बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






