
पोखरा । गण्डकी प्रदेशका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रहेका कुँवरले बुधबार राजीनामा दिएका हुन् ।
कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागु हुने गरी दिएको उल्लेख गरेका छन् ।
उनले पत्रमा,”गण्डकी प्रदेशसभाको प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते सम्पन्न र्विाचनबाट बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) प्रदेशबाट प्रत्यक्ष निर्वाचित सदस्य द्रोर्णकुमार कुँवरले मिति २०८३/०१/०२ गतेका दिनदेखि लागु हुनेगरी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको छु ।”
