काठमाडौँ।साउदी अरबले अमेरिकालाई इरानमाथि लगाएको नाकाबन्दी हटाउन दबाब दिएको छ।
इरान माथिको नाकाबन्दी हटाउन र पुनःवार्ताको टेबलमा फर्कन साउदीले अमेरिकालाई दबाब दिइरहेको भनेर द वाल स्ट्रिट जर्नलले जनाएको छ।
नाकाबन्दीले इरानलाई थप उत्तेजित बनाउने र इरानले अन्य महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध पुर्याउन सक्ने साउदीलाई डर छ। त्यसैले साउदीले अमेरिकालाई नाकाबन्दी अन्त्य गर्न दबाब हालेको साउदी र अरू खाडी राष्ट्रका अधिकारीहरूको हवाला दिँदै जर्नलले लेखेको छ।